काठमाडाैँ । आज देशभरको मौसम मुख्यतया सफा रहने र भोलिदेखि कोशी प्रदेशका हिमाली भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने अन्य भूभागको मौसम सफा रहनेछ। बिहान तराई, उपत्यका तथा खोँचका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।
भोलि र पर्सि शनिबार कोशी प्रदेशका हिमाली एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले बताएको छ।
यस्तै, आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



