मौसमदेशभर बदली र वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

देशभर बदली र वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

काठमाडौं | मनसुनी वायुको प्रभावका कारण आगामी २४ घण्टासम्म देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार साँझ ६ बजे जारी विज्ञप्तिअनुसार आज राति र भोलि दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सक्रिय मनसुनी वायुका कारण वर्षाको क्रम बढिरहेको छ। विशेषगरी पहाडी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img