देशकोशी प्रदेशबोलेरो गाडी दुर्घटना हुँदा १ को मृ'त्यु , ५ घा'ईते

बोलेरो गाडी दुर्घटना हुँदा १ को मृ’त्यु , ५ घा’ईते

सुनसरी / उदयपुर जिल्लाको कटारी नगरपालिका-४ स्थित सिद्दिचरण राजमार्गमा बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृ´त्यु भएको छ भने ५ घाईते भएका छन् । मृ´त्यु हुनेमा कटारी-८ का ३८ बर्षीय बिक्रम राना मगर रहेका छन्।

गत बेलुका ५ बजे कटारीबाट मरुवातर्फ जाँदै गरेको बा. १० च ४१८८ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार रहेका ६ जना घाईते भई कटारी अस्पतालमा उपचार भईरहेकोमा मगरको उपचारको क्रममा मृ´त्यु भएको थियो ।

बोलेरो उदयपुर चालक कटारी-८ का प्रेम बहादुर श्रेष्ठ तत्काल फरार रहेकोले खोज तलास गरिएको छ । दुर्घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको छ ।-/ File Photo

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img