देशकोशी प्रदेशस्काभेटरले झारेको ढुंगाले बोलेरोलाई किच्दा तीन जनाको मृत्यु, ३ घाइते

स्काभेटरले झारेको ढुंगाले बोलेरोलाई किच्दा तीन जनाको मृत्यु, ३ घाइते

सुनसरी / आज बिहान ओखलढुङगा जिल्लाको सिद्धिचरण नगरपालिका-३ असिने स्थितमा बोलेरोलाई स्काभेटरले झारेको ढुंगाले किच्दा बोलेरोमा सवारमा ३ जनाको मृ´त्यु भने ३ जना घाईते भएका छन् ।

बिहान ९ बजे निशंखेबाट ओखलढुंगा तर्फ आउँदै गरेको को १ ज ३५६९ नम्बरको बोलेरो गाडीलाई सडकको १०० मिटर माथिबाट स्काभेटरले ढुंगा निकाल्ने क्रममा ढुंगा झरी उक्त बोलेरो गाडीलाई किचेको थियो । सो दुर्घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि गई बोलेरोमा सवार ६ जनालाई उद्धार गरि सामुदायिक अस्पताल मिसन ओखलढुंगामा पठाएको थियो ।

घाईते मध्ये ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ तलुवामा बस्ने १० बर्षीय युसब कोईराला , ७ बर्षीया युनिसा कोईराला र ओखलढुंगा मानेभञ्याङ-१ मोलिमा बस्ने ३० बर्षीय हेमबहादुर मगरको उपचारको लागी लैजादै गर्दा बाटैमा मृ´त्यु भएको छ भने बोलेरो चालक ओखलढुंगा मानेभञ्याङ-१ मोलिका ३० बर्षीय सन्दिप श्रेष्ठ, ४२ बर्षीय देब बहादुर श्रेष्ठ र सिद्धिचरण नगरपालिका-१ तलुवा कि २८ बर्षीया लक्ष्मि कोईरालाको मिसन अस्पताल ओखलढुंगामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

स्काभेटर चालक फरार रहेकोले खोजतलास भइरहेको ओखलढुंगा प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img