विचार/ब्लगपतिलाई "बाबा", पत्निलाई कसैले आमा भनेको सुन्नुभएको छ ?

पतिलाई “बाबा”, पत्निलाई कसैले आमा भनेको सुन्नुभएको छ ?

  • काठमाडौं , गणेश भण्डारी 

सस्तो महत्त्व सँगै मेरो देश जति मान्छेहरु खुशी हुन्छन म पनि केही अलिक फरक प्रकृतिमा खुशी हुने गरेको छु ।हरेक खुशी भित्रपनी आआफ्नो एक अनुपम त्रास र अनगिन्ती स्वार्थ लुकेको छ जुन सामाजिक स्तरमा खोक्रोमनोबैज्ञानिक जडले झन कमजोर बनाईरहेको छ।

त्यसैकारण बदलिनु बाहेक कुनै बिकल्प छैन तर बदलिनुको अर्थ त्यो होईन हिजो सुरवालमा चलेको दैनिकी आज सुट पाईन्टको श्रिङ्गार हिजो प्याट प्याटे चप्पलमा चलेको आज चिल्लो कार वा बिहे गरेको पतिलाई “बाबा” भन्नू पत्निलाई कसैले आमा भनेको सुन्नुभएको छ ? छैन । कुनै र पनि खोक्रै हो नपत्याय निकालेर अनुभुती गर्नुस अनि भन्नुहोस र त्यति घमण्ड पनि नगरौँ जहाँ आफै बसमा राख्न सकिदैन । र अन्ततः महत्त्वपूर्ण रहयो” समय” थाहा छ तँपाईको वा मेरो समय कति छ? र जुन समयको मुल्यांकन कतिले गरे तपाईंको लागि ? भन्नुहोला मेरो निजि जिन्दगी हो अरुको के बाहाल! यो पनि भुल्नु भएन ती तपाईंको सृष्टिकर्ता बाबू आमा कतिको सन्तुष्ट छन वा छैनन ? महत्त्वपूर्ण त जुन तपाईले विभिन्न तहबाट कमाउनु भएको चिजमा कसैको आँसु वा पसिना मिसिएको छ छैन? आफैले मुल्यांकन गर्नुहोस । निर्धो र अल्पसंख्यक वा गरिबिको बारेमा सोचौँन के नोक्सान हुन्छर र हिजो जन्मदा लिएको त गुमाईसक्यौँ अन्य बारेमा चिन्ता नगरुमहोला आँखा चिम्लेर यदि मूर्ख र कुतत्व होईन भने तत्काल आँखा चिम्लेर सोच्नुपर्नेछ ।

राजनीति लाजनिती यी दुबै दुईसिक्काका धुर्व हुन।तर हजुर दुई सिक्कामा अटाउने क्षमताको ब्याक्ती होईन महान हुनुहुन्छ तपाई सँग जो कसैको नत स्वभाव मिल्छ नत आकार प्रकार, तपाईले कतिको बिचार पोशाक विभिन्न कपि गर्नुहुन्छ तर पटक्कै सुहाउँदैन ।

किनकी फरक भनेकै त्यो हो अलबर्ट आईन्टाईनलाई कपि गर्ने कोसिश कस्ले नगरेको होला मार्कस लेनिनको अभ्यास कस्ले नगरेको होला गान्धिको अभ्यास कस्ले नगरेको होला हाम्रो नेपालमा त अत्याधिक चलिरहेको छ । तर कपि पेष्टको अभ्यास संसारमै सफल भएको छैन त्यसैले सस्तो छ किनकी कपिनहो अहिले नेपालमा जस्लेपनी पाँच रुपैयामा फोटोकपी गर्नसक्छ चाहे हिराको गर्नुस चाहे मोतीको।संसारमा सामाजिक सेवापनी फोटोकपी भैदिएको कारण हाम्रो समाज
सामाजिक उत्तरदायी जिम्मेवारी सस्तो रुपले मुल्यांकन गरिएको पाईन्छ ।

लाग्नसक्छ तपाईं सँग ९९लाख ९९हजार ९९सय रुपैयाँ ९९ पैसा छ तर मसँग १ पैसा के महत्त्व होलार तर गणना गरेर हेर्नुहोस सुरुवात पनि एक र पुर्णता पनि एकैले दिनसक्छ ।

जहाँ तपाई करोडको हिस्सेदार अब सोच्नुहोस चाहे शक्ति होस ,मतदान होस वा रुपैया नै किन नहोस यो त जस्तैः मात्र हो अन्य कैँयौ छन लुकेका सामर्थ्यहरु हर कोहिमा छ र पहिचान आजभोलि भौतिक खुसिमा र अंक गणितीय तवरले कानुन निर्धारण गरिएको छ जहाँ हरेक पन्नामा संशोधन गर्न मिल्छ हरेक दफाको उपदफा राखिएको छ। कुन रंग कस्लाई मनपर्छ रंगिने स्वतन्त्रता दिईएको छ कपासलाई धुलोपार्ने घन देखाईन्छ गरिबलाई धुलोपार्न धन देखाईन्छ।

युद्ध त राम ,कृष्णको, देबिको पालामा पनि भएको किवदन्ती ताजै पाईन्छ ४५/४६ ५२/५३/६२/६३ संकत सँगै १९ दिने लगाएत विभित्र आन्दोलन लडाइँ देखिए पनि अन्तत भौतिक खुशी र अर्कैको नक्कलमै सिमित भएको अवस्था छ कतिन्जेल अर्काको बिचार र अर्काको सिद्धान्तलाई नक्कल गर्ने? आफ्नो मौलिक सिद्धान्त प्रतिपादन गर्ने बुद्धत्व नभएकैहोर? लौन बुद्धिजीवी समाजका अगुवाई गरिरहनुभएका आदरणीय अग्रजजनहरु कृपया बुद्ध संदेश ब्यावहारिक बनाउन जिम्मेवार हुनुपर्यो।

संसारकै नमुना देश पुरानो ईतिहास बोकेको छ विकसित भनेका शक्तिशाली भनेका मुलुकहरू पनि अहिले कति साल महिनाको जन्मान्तर छ खोज अनुसन्धान गरौंन त्यसको तुलनानै गर्ने हो भनेपनी कति अगाडी छौँ हाम्रो कति चल्दैछ र संस्कारको धेरै कुरा गर्छौ लागू न्यून यस्तै नविन्पात्दन देशलाई हेरौं ।कार्यान्वयन कसरी गर्नुपर्दोरहेछ ।

तर नक्कल गर्ने भनेको होईन सफलता चुम्न सकिन्छ भन्ने हो।हाम्रो देश अधिक स्वतन्त्रताको कारण जस्ले जे गरेपनी छुट छ सच्याउन मिल्छ खिचदी खाने बानिपरेको कुलले अमृत लिदैनन भन्नू र नक्कल गरेर नेपाल बनाउछु भन्नू कुनै फरक रहेन जय मेरो देश जय मातृभुमी म मेरो आफ्नो निजि बिचार राखेको हुँ र हजुरहरुको बिचार सँग अन्तरक्रिया को प्रखाईमा नमन:

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img