देशकोशी प्रदेशपौडी खेल्ने क्रममा १२ वर्षीय बालकको मृ´त्यु माछा मार्ने क्रममा खोलामा...

पौडी खेल्ने क्रममा १२ वर्षीय बालकको मृ´त्यु माछा मार्ने क्रममा खोलामा डुबेर मृ´त्यु

सुनसरी / संखुवासभाको पाँचखपन नगरपालिका-३ मा बस्ने चन्द्रशेखर राईको १२ बर्षीय छोरा निश्चल राईको पौडी खेल्ने क्रममा डुबेर मृ´त्यु भएको छ ।

हिजो बुधवार दिउँसो साँढे १२ बजेको समयमा सभाखोलामा पौडी खेल्ने क्रममा डुबेर घाईते भएका राईलाई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ भने घटना सम्बन्धमा प्रहरीले तथ अनुसन्धान गरिरेको छ

त्यस्तै, धनकुटाको चौबिसे गाउँपालिका-५ का ४५ बर्षीय प्रकाश माझीको माछा मार्ने क्रममा तमोर खोलामा डुबेर एक जनाको मृ´त्यु भएको छ ।

हिजो बुधवार अपरान्ह ५ बजे खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृ´त्यु भएको भन्ने खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई मृत शवको उद्धार गरी थप अनुसन्धान भईरहेको धनकुटा प्रहरीले जनाएको छ ।-साङ्केतिक तस्बिर

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img