भोजपुर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोजपुर नगरपालिका १० भैसिपन्खाका स्व चन्डी प्रसाद श्रेष्ठको परिवारलाई एक कार्यक्रमका साथ ३ लाख १६ हजार ९ सय छयानब्बे रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।
२०७६ साल जेठ ३१ गते सुरक्षित जीवन बिमाअन्तरगत रु ३ लाख बराबरको बिमा योजना गराएका थिए । बिमितले २ किस्ता बापत रु ४१ हजार ८ रुपैया बुझाएका थिए । उक्त जीवन बिमालेख अन्तर्गत मृत्यु दाबी स्वरुप रु ३ लाख र रु २ बर्षको बोनस बापत ३७ हजार ५ सय पाउनुपर्नेमा आगमी किस्ता नबुझाएको हुदा उक्त किस्ता बापत २० हजार ५ सय ५ कटाइ ३ लाख १६ हजार ९ सय ९६ रुपैयाँ मृतकको आमा सोम माया श्रेष्ठलाई प्रधान गरिएको नेपाल लाइफ इन्स्योरेन्स भोजपुरका प्रमुख दिपक बस्नेतले जानकारी दिए ।
उक्त कार्यक्रममा शिक्षक समाजसेवी तथा एजेन्सी मेनेजर खोमराज धमला ,उधोग बाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तान ,एजेन्सी मेनेजर ,समाजसेवि ,बुद्धिजिबि स्थानीय बासी हरुको उपस्थित रहेको थियो ।