फिचरहर्क साम्पाङको कार्यकक्षमा तोडफोड

हर्क साम्पाङको कार्यकक्षमा तोडफोड

सुनसरी। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड भएको छ ।

धरानको बराह सहकारीबाट पीडित आन्दोलनकारीले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्नुका साथै उनको कार्यकक्षमा तोडफोडगरेका हुन् । पीडितहरूले आफ्नो माग राख्दा मेयर साम्पाङले कुरा सुन्न छाडेर ‘मलाई सोधेर पैसा राख्न दिएको हो ? भनेपछि प्रदर्शनकारीहरुले उनको कार्यकक्षमा तोडफोड गरेका हुन् ।

आइतबार अपरान्ह ४ बजे झन्डै तीन सयको हाराहारीमा एक प्रदर्शनकारीले ‘हर्क साम्पाङ मुर्दावाद’ भन्दै नाराबाजी गर्नुका साथै मेयरकोकार्यकक्ष तोडफोड गरेका थिए ।

बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको, रेकर्डमा नदेखाइएको र दुःख दिइएको भन्दै बराह सहकारीका निक्षेपकर्ताहरुले आन्दोलन गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img