काठमाडौं : हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका पुर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक शासन व्यवस्थाविरूद्व नलाग्न चेतावनी दिएका छन् ।
हिजो २४ गते बुधबार बिहान गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै भन्नू भयो प्रधानमन्त्री देउवाले शासन गर्ने भय चुनाव लडेर आउन शाहलाई चुनौती दिएका छन् ।
प्रधानमन्त्री देउवाले पूर्वराजा ज्ञानेन्द्रबाट दसैँका अवसरमा व्यक्त भएका अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । पूर्वराजाले दसैँका बेला राजा र जनता मिलेरमात्र नेपालमा प्रजातन्त्र जोगिने बताउनु भएको छ ।
हिजोको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिन तयार छु , भनेर ज्ञानेन्द्र शाहलाई भनेको तर उनले आफूलाई जेलमा कोचेको स्मरण गर्दै भने, त्यतिबेलादेखि नै गणतन्त्रको माहोल शुरु भयो । यो समाचार नेपाल टाइम्स पनि छ ।फाईल फोटो




