समाजइटहरीका अभिषेक शनिबार साउदी उड्ने तयारीमा थिए, तर गोलीले सधैंका लागि रोक्यो...

इटहरीका अभिषेक शनिबार साउदी उड्ने तयारीमा थिए, तर गोलीले सधैंका लागि रोक्यो उनको यात्रा

इटहरी । सब कुरा सामान्य ढंगले अघि बढेको भए इटहरी–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ शनिबार बिहानै जहाज चढेर साउदी अरब पुगेका हुन्थे। चार वर्षसम्म इटहरीको बर्गर हाउसमा पसिना बगाउँदै उनले विदेशिने सपना बुनेका थिए। टिकट र भिसा हातमै थिए, परिवारलाई सम्हाल्ने र आफ्नै भविष्य निर्माण गर्ने उत्साह मनभरिकै थियो। तर, नियतिको कठोर मोडले उनको यात्रा आकाशमा होइन, अन्तिम चिहानतर्फ मोडिदियो।

भदौ २३ मा इटहरीमा भड्किएको जेन–जी आन्दोलनकै क्रममा अभिषेकले प्राण गुमाए। उनी प्रदर्शनमा सहभागी थिए वा सामान्य यात्रु, अझै ठ्याक्कै पुष्टि भइसकेको छैन। तर परिणाम भने एउटै रह्यो—परिवारले एक मात्र आशा गुमायो।

“बर्गर हाउसबाट अन्तिम पारिश्रमिक ल्याउन गएका थिए,” अभिषेककी माइजु तारा श्रेष्ठले आँसु टोलाउँदै भनिन्, “घर फर्किँदै गर्दा बाटैमा नाकमा गोली लागेछ। हिँड्दै गर्दा ढलेछन् रे।”

दुबईमा श्रम बेचिरहेका उनका पिता छोराको “उडान” हेर्न नभई “अन्त्येष्टि” गर्न बाध्य भएर स्वदेश फर्किनुपरेको छ। आमा, भाइबहिनी र छिमेकीहरू अभिषेकको असामयिक मृत्युमा स्तब्ध छन्। उनका साथीहरू भन्छन्, “उड्न तयार थिए, तर अब त सधैंका लागि टाढा भए।”

त्यो दिन इटहरीमै मोहन सदा नामका अर्का युवाले पनि ज्यान गुमाए। जेन–जी आन्दोलनले देशभर १९ जनाको ज्यान लिएको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img