खेल समाचारबाराको नव जागृती र सुर्खेतको कार्केविहार राष्ट्रिय लिगमा छनोट

बाराको नव जागृती र सुर्खेतको कार्केविहार राष्ट्रिय लिगमा छनोट

हेटौँडा | हेटौँडामा जारी एन्फा प्रेसिडेन्ट लिग अन्तर्गत बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन्। दुवै टोली समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेका हुन्।

समूह चरणको अन्तिम दिन नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ गोल अन्तरले हरायो। नव जागृतीका सुजन डंगोलले ५१, ५६ र ६० औं मिनेटमा ह्याट्रिक गर्दै प्लेयर अफ दि म्याच घोषित भए। अविनाश स्याङ्तन र कृपकन्त महतो थारुले पनि गोल गरे। हैरान्सका विजय दोङ र सामुयल सुनारले गोल गरे।

दोस्रो खेलमा कार्केविहारले उदयपुरको गाईघाट फुटबल क्लबलाई ५-३ ले हरायो। कार्केविहारका लागि अनिष घर्ती घर्ती क्षेत्रीले ह्याट्रिक गरे भने अनिष चापागाईं र गणेश पुलामीले पनि गोल गरे। गाईघाटका लागि दिवस र पविन राईले गोल गरे। खेलमा गाईघाटका गणेश पुलामी प्लेयर अफ दि म्याच घोषित भए।

यसअघि समूह `ए´ बाट कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी पनि राष्ट्रिय लिगमा छनोट भइसकेका थिए।

सेमिफाइनल कात्तिक ३० गते र फाइनल मंसिर २ गते हुनेछ। विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img