देशबागमती प्रदेशअनुमती नलिई धार्मिक कार्य नगर्न नगरपालिकाको निर्देशन

अनुमती नलिई धार्मिक कार्य नगर्न नगरपालिकाको निर्देशन

काठमाडौं : काभ्रे जिल्लाको पनौती नगरपालिकाले अनुमति नलिई नगर क्षेत्रमा कुनैपनि धार्मिक कार्यहरु नगर्न निर्देशन सुचना निकालिएको छ ।

नगरपालिकाको त्रिवेणीघाटमा माघ महिनाभर लाग्ने मकर मेलालाई व्यवस्थित बनाउन नगरपालिकाले अन्य धार्मिक तथा अनुष्ठानका कार्यका लागि अनुमति लिएर काम सञ्चालन गर्न आग्रह गरेको हो ।

नगरपालिकाले सूचना जारी गर्दै मेलाको अवसर पारेर नगरको अनुमति नलिई धार्मिक तथा अनुष्ठानका कार्य र सहयोग संकलन हुँदै आएको भन्दै नगरले त्यसो काम नगर्न आग्रह गरेको छ ।

यदि धार्मिक तथा अन्य संघसस्थाले धार्मिक अनुष्ठानका कार्य र सहयोग संकलन गर्नु परे नगरपालिकाबाट अनुमति लिएर मात्रै गतिविधि अगाडी बढाउन सूचना मार्फत भनिएको छ । सूचनाको वेवास्ता गरे कार्यक्रम संचालानमा नियन्त्रण गर्ने पालिकाले चेतावनी समेत दिएको छ । यो समाचार बेथानचोक खबर डटकममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img