इटहरी : सुनसरीको रामधुनी नगरपालिका-७ स्थितमा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी रामधुनी-७ का २५ बर्षीय उमेश चौधरी रहेका छन ।
हिजो मंगलबार बेलुका ४ बजे सेउती खोलामा को २ त ७६०४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा इन्जिनको भागले किचि गम्भिर घाईते भएका चौधरीको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भईरहको छ ।-/File Photo



