इटहरी / सुनसरीको गढी गाउँपालिका-६ मझौकामा बस्ने ४० बर्षीय रामलाल उराव नहरको पानीमा डुबेर मृत अवस्थामा फेला परेका छन् ।
गत शुक्रवार दिउसो घरबाट आफु खुशी हिडेका उराव घर फर्की नआए पश्चात आफन्तले खोजतलास गर्ने क्रममा मंगलवार गढी गाउँपालिका-६ स्थित नहरको पानीमा मृत अवस्थामा फेला परेको हो ।
मृत लासको कानुनी प्रक्रिया पुरा गरि पोष्टमार्टमको लागी जिल्ला अस्पताल ईनरुवा पठाएको छ । थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।



