समाजकोरोना अपडेट : थप ३ हजार ७५ जनामा कोरोना पुष्टि, २ को...

कोरोना अपडेट : थप ३ हजार ७५ जनामा कोरोना पुष्टि, २ को मृत्यु

काठमाडौं । विगत एक सातादेखि नेपालमा पनि कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन विधिबाट १३ हजार ३६ वटा नमुना परीक्षण गर्दा ३ हजार ७५ मा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ, भने २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img