देशकोशी प्रदेशसुनसरी १ प्रतिनिधि सभामा 'घण्टी'लाई पछि पार्दै जसपाका अशोककुमार राई विजयी

सुनसरी १ प्रतिनिधि सभामा ‘घण्टी’लाई पछि पार्दै जसपाका अशोककुमार राई विजयी

सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राईले १७ हजार ५९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्दि भएकी तामाङले १६ हजार ६०६ मत प्राप्त गरेकी हुन् । सुरुवाती गणना देखि तामाङले अग्रता लिँदै आए पछि राईले अग्रता लिएर विजयी भए ।

नेकपा माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत, राष्ट्रिय प्रजातन्त्रका उम्मेदवार अशोककुमार राईले ७ हजार ८८४ मत ल्याए भने एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले ७ हजार ८१२ मत प्राप्त गरेका हुन् ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img