सुनसरी / धनकुटाको मुलघाटमा केन्द्रविन्दु बनाएर भूकम्प गएको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० वजेर ४५ मिनेटमा जाँदा ४ रेक्टरस्केलक भुकम्पको धक्का महशुस भएको छ ।
धक्काबाट हालसम्म कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन । गत शनिबार राति पनि इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमवल सात रेक्टरस्केलको भूकम्प गएको थियो ।