Wednesday, March 26, 2025
मनोरञ्जनहेटौँडामा पुनः विशेष शो हुँदै तामाङ चलचित्र ‘ए ङाला ह्राङ्बा माया’

हेटौँडामा पुनः विशेष शो हुँदै तामाङ चलचित्र ‘ए ङाला ह्राङ्बा माया’

हेटौँडा  | तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ पुनः हेटौंडामा विशेष प्रदर्शन हुने भएको छ। मुनसन सुपरस्टार मुभिज प्रालिको व्यानरमा निर्माण गरिएको यो चलचित्र आगामी चैत्र २ गते हेटौंडाको ओम्याक्स हलमा पुनः प्रदर्शन गरिने निर्देशक हुत्त सञ्जय लामाले जानकारी दिएका छन्।

यसअघि पुष २० गते पहिलोपटक हेटौंडामा विशेष शो गरिएको थियो। दर्शकको सकारात्मक प्रतिक्रिया र मागलाई मध्यनजर गर्दै पुनः शो गर्ने निर्णय गरिएको निर्देशक लामाले बताए। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाका मनोरम स्थानहरूमा छायांकन गरिएको चलचित्रलाई सञ्जय लामा र अर्जुन लामाले निर्देशन गरेका छन्।

हुत्त सञ्जय लामाको निर्देशन रहेको चलचित्रमा लोसाङ लामा र इकेश लामाको निर्माण, हुत्त सञ्जय लामाको पटकथा तथा अभिनय छ । चलचित्रमा हुत्त सञ्जय लामा, सुनिता लुङ्बा, तारा थोकर, हेमकुमार तितुङ, प्रज्मी बोम्जन, राजकुमार स्याङ्तान, सङ्गीता बोम्जनलगायतको अभिनय छ ।

चलचित्रको छायांकन प्रज्वल राउतले गरेका छन् भने सागर दोङ तामाङले संगीत संयोजन गरेका छन्।

चलचित्र पुनः प्रदर्शनको तयारी तीव्र रूपमा भइरहेको निर्देशक सञ्जय लामाले जानकारी दिए । आयोजकहरूले दर्शकलाई तामाङ समुदायको मौलिक कथावस्तु र मनोरञ्जनात्मक प्रस्तुति अनुभव गर्न हलमा उपस्थित हुन आग्रह गरेका छन्। चलचित्रले स्थानीय दर्शकहरूबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको र अन्य स्थानमा पनि प्रदर्शनको तयारी भइरहेको निर्देशक लामाले बताए।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img