काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वका अवसरमा करिब ८ लाख दर्शनार्थीले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने अनुमान गरिएको छ। पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलनमार्फत तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।
कोषका अनुसार फागुन २ गते पर्ने महाशिवरात्रिका दिन दर्शनार्थी व्यवस्थापनका लागि चार वटा लाइनमार्फत दर्शनको व्यवस्था मिलाइएको छ। ट्राफिक व्यवस्थापन, सुरक्षा प्रबन्ध तथा भीड नियन्त्रणका लागि आवश्यक तयारी पूरा गरिएको जनाइएको छ।
पत्रकार सम्मेलनमा दिइएको विवरणअनुसार यस वर्ष करिब ४ हजार साधुसन्तको सहभागिता रहने अपेक्षा गरिएको छ। महाशिवरात्रि पर्व–२०८२ लाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न निकायसँग समन्वय गरेर काम भइरहेको कोषले जनाएको छ।



