अर्थ व्यापारहेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

हेटौँडा | हेटौँडा सिमेन्ट उद्योगले आज (सोमबार)देखि पुनः उत्पादन सुरु गरेको छ। उद्योगका मेसिनहरू मर्मतसम्भार सम्पन्न भएपछि उत्पादन प्रक्रिया सुरु गरिएको उद्योगका निमित्त महाप्रबन्धक इञ्जिनियर रामबाबु साहले जानकारी दिए।

गत वैशाखदेखि मेसिनमा समस्या देखिएपछि उद्योग बन्द भएको थियो। साहका अनुसार आवश्यक मर्मत र करिब एक हजार टन कोइला व्यवस्थापन भएपछि उत्पादन पुनः सञ्चालनमा आएको हो।

वि.सं. २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको यो उद्योगले वि.सं. २०४३ देखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। तर आर्थिक चुनौती, प्रविधि र उपकरणको जीर्णावस्था, बजारमा प्रतिस्पर्धा, मूल्य समायोजनको अभाव, कर्मचारी दरबन्दीमा कमीलगायत कारण उद्योग बीचबीचमा बन्द–सञ्चालन हुँदै आएको छ।

उद्योगसँग धादिङको जोगीमारा तथा मकवानपुरको ओख्रे, मजुवा र भैँसे गरी चारवटा चुनढुङ्गा खानी रहेका छन्। हालै मात्र गत वैशाख दोस्रो सातादेखि उत्पादन सुरु गरी करिब एक लाख बोरा सिमेन्ट उत्पादन भएको थियो।

साहका अनुसार निरन्तर सञ्चालनका लागि बजार व्यवस्थापन र कोइलाको स्थायी आपूर्ति ठूलो चुनौती बनेको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img