देशबागमती प्रदेशलम्पीस्किनविरुद्ध बागमती प्रदेशको खोप अभियान ८० प्रतिशतमा सीमित

लम्पीस्किनविरुद्ध बागमती प्रदेशको खोप अभियान ८० प्रतिशतमा सीमित

हेटौँडा । बागमती प्रदेश सरकारले सञ्चालन गरेको लम्पीस्किन रोगविरुद्धको खोप अभियान तोकिएको लक्ष्य पुरा गर्न नसक्दै करिब ८० प्रतिशतमा मात्र रोकिएको छ । भदौ १ गतेदेखि १३ जिल्लामा सुरु गरिएको अभियानमा १ लाख २० हजार गाइँभैसीलाई खोप लगाउने लक्ष्य लिइएको थियो । तर हालसम्म ९६ हजार ३ सय ४७ अर्थात ८० दशमलव २९ प्रतिशतमा मात्रै खोप लगाइएको प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा सबैभन्दा धेरै खोप मकवानपुरमा लगाइएको छ । उपलब्ध २५ हजार डोजमध्ये २४ हजार ६ सय ९५ डोज प्रयोग भइसकेको छ भने बाँकी ३ सय ५ डोज समेत आवश्यकताअनुसार प्रयोग हुने जिल्ला पशु कार्यालय मकवानपुर प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए । काठमाडौं उपत्यकामा उपलब्ध १० हजार डोजमध्ये काठमाडौंमा ४ हजार ३ सय ५०, ललितपुरमा ३ हजार ६ सय ९ र भक्तपुरमा १ हजार ५ सय ४३ पशुमा खोप लगाइएको छ ।

यस्तै सिन्धुलीमा १२ हजारमध्ये १० हजार ३ सय २८, रामेछापमा ४ हजार ३ सय ३७, धादिङमा १ हजार ५१, काभ्रेपलाञ्चोकमा ७ हजार ६ सय ९८, नुवाकोटमा ७ हजार ७ सय २४ र रसुवामा ३ हजार ६ सय ३४ पशुमा खोप लगाइएको छ । त्यस्तै दोलखामा ९ हजार ९ सय ८२, सिन्धुपाल्चोकमा ६ हजार २ सय ८४ र चितवनमा ६ हजार १५ डोज प्रयोग भएको पशुपंक्षी विकास महाशाखा प्रमुख डा. रामप्रकाश प्रधानले जानकारी दिए ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img