मकवानपुरबकैया गाउँपालिकाकेयू बकैया फेलोसिप: शैक्षिक सुधारका लागि बकैया गाउँपालिका र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

केयू बकैया फेलोसिप: शैक्षिक सुधारका लागि बकैया गाउँपालिका र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

बकैया | बकैया गाउँपालिका र काठमाडौं विश्वविद्यालयबीच शैक्षिक सुधारको लागि सम्झौता भएको छ। आइतबार गाउँपालिकामा आयोजित एक विशेष कार्यक्रममा ‘केयू बकैया फेलोसिप कार्यक्रम’ कार्यान्वयन गर्न सम्झौता भएको हो।

गाउँपालिकाका विद्यालयहरूको शैक्षिक अवस्था कमजोर भएको कारण सुधारका लागि यो सम्झौता गरिएको हो। चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत शैक्षिक गुणस्तर सुदृढीकरण कार्यक्रम तथा केयूको सहकार्यमा शैक्षिक गुणस्तर सुधारको लागि यो कार्यक्रम सुरु गरिएको हो। यो सम्झौता २०८२ कार्तिक १० गतेसम्म कार्यान्वयन हुने छ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले निर्वाचित भएपछिको आफ्नो कार्यकालमा कृषि र शिक्षाको क्षेत्रमा सुधारका लागि गरेको संघर्षको चर्चा गर्दै, शिक्षा क्षेत्रको कमजोर अवस्थालाई सुधार गर्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै, उनले शिक्षकहरूलाई उत्प्रेरित गर्दै शिक्षाको गुणस्तर सुधारमा ध्यान दिनुपर्नेमा जोड दिए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले कार्यक्रमलाई सफल बनाउन गाउँपालिका प्रतिबद्ध रहेको बताए। उनले यस कार्यक्रमले व्यवहारिक रूपमा शैक्षिक सुधारमा योगदान गर्ने आशा व्यक्त गरे।

सम्झौता कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका शिक्षक र रिसर्चर केवल खत्री, रिसर्चर साहस भण्डारी, गाउँपालिकाका शिक्षा अधिकृत आइतराम तामाङ, र गाउँपालिकाका विभिन्न महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img