मकवानपुरहेटौंडा उपमहानगरपालिकाभोलीदेखि हेटौँडामा ११ औँ राष्ट्रिय स्क्राबल प्रतियोगिता

भोलीदेखि हेटौँडामा ११ औँ राष्ट्रिय स्क्राबल प्रतियोगिता

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–२ स्थित बालजागृती इङ्लिस सेकेण्डरी स्कुलले ११औँ राष्ट्रिय स्क्राबल प्रतियोगिता आयोजना गर्न लागेको छ। प्रतियोगिता भोलिदेखि विद्यालय परिसरमै सुरु हुने विद्यालयले जनाएको छ।

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रिन्सिपल विनोद सुवेदीले दुईदिने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बताए। उनका अनुसार देशभरका विभिन्न २९ भन्दा बढी जिल्लाबाट करिब १ सय विद्यार्थीले सहभागिता जनाउने छन्। मकवानपुर, चितवन, काठमाडौँ, भक्तपुर, गोरखा, स्याङ्जा, रुपन्देही, गुल्मी, सुर्खेत, सुनसरी, बारा, अर्घाखाँची, कैलालीलगायतका जिल्लाबाट प्रतिस्पर्धी आउनेछन्।

दुईदिने प्रतियोगिताको कुल अनुमानित बजेट १३ लाख रुपैयाँ रहेको विद्यालयले जनाएको छ। पुरस्कारको व्यवस्था पनि आकर्षक छ। प्रथम हुनेले १५ हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, द्वितीयले १३ हजार, तृतीयले ११ हजारसहित शिल्ड र प्रमाणपत्र पाउनेछन्।

चौथो, पाँचौँ, छैटौँ र सातौँले क्रमशः ९, ७, ५ र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन्। आठौँ, नवौँ र दशौँ स्थान हासिल गर्नेका लागि पनि ३ हजार रुपैयाँको पुरस्कार तोकिएको छ। साथै, एघारौँदेखि पच्चीसौँसम्मका सहभागीलाई २–२ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ।

विद्यालय अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्क्राबल खेलका विज्ञ, प्रशिक्षक तथा अतिथिहरूको उपस्थिति रहेको थियो।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img