मकवानपुरकैलाश गाउँपालिकाकैलाशमा वृहत सांस्कृतिक मेला हुँदै

कैलाशमा वृहत सांस्कृतिक मेला हुँदै

मकवानपुर: मकवानपुरको कैलाश गाउँपालिकामा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । ऐतिहासिक मारुनी नाच संरक्षण एवम् प्रवद्र्धनका लागि मंगलबार र बुधबार कालिका मेला आयोजना हुन लागेको मेला व्यवस्थापन समितिका सदस्य सचिव रविन्द्र थिङ तामाङले जानकारी दिए ।

कालिका मेला व्यवस्थापन समिति, कैलाशको आयोजना, गाउँपालिकाको मुख्य आर्थिक सहयोग र मकवानपुर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको समन्वयमा मेला हुन लागेको हो । पछिल्लो समय लोप हुन लागेको मारुनी नाचको संरक्षण र कृषी प्रदर्शनको लागि मेला आयोजना गर्न लागिएको सदस्य सचिव थिङले बयाए । मारुनी नाच गुरुङ र मगर जातिमा बढी प्रचलित भएपनि मकवानपुरको कैलाश गाउँपालिकामा तामाङ समुदायहरुले पनि मारुनी नाचमा नाच्दै आएका छन् । यसअघि विभिन्न जात्राहरुमा मात्र मारुनी नाच हुने गरेकोमा यस पटक भने नाचसँगै मेलाको व्यवस्थापनको लागि कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।

मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती दिने थिङले बताउनुभयो । मेलामा चर्चित लोकदोहोरी गायक बद्री पंगेनी, मिलन लामा, चन्द्र शर्मा, अस्मिता डल्लाकोटी, प्रकाश तामाङ, रविन कुमार चेपाङ, दिपेन्द्र पुन, प्रतिमा अर्याल, अजित लोप्चन, प्रमिला आले मगर, दिपराज खत्री, प्रेमा लोप्चन, सुनिल केसी, सरु कार्की, विश्व अधिकारी, सुजन चेपाङ र प्रतिक्षा ढकाल लगायतले प्रस्तुती दिनेछन् । मंगलबार साँझ सुरु हुने मेलाको कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानले उद्घाटन गर्नेछन । मेलामा करिब ८ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

1703402826892

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img