मकवानपुरकैलाश गाउँपालिकाकृषक समूहलाई हाते ट्याक्टर र मकैको बीउ

कृषक समूहलाई हाते ट्याक्टर र मकैको बीउ

कैलाश | कैलाश गाउँपालिकाले मकै उत्पादन प्रवर्द्धन कार्यक्रम अन्तर्गत स्थानीय कृषक समूहलाई हाते ट्याक्टर र बीउ वितरण गरेको छ।

गाउँपालिकाको कृषि तथा पशु विकास शाखाको समन्वयमा कैलाश–३ स्थित अम्बाटार कृषक समूहलाई ७ एचपी क्षमताको डिजेल इन्जिनयुक्त चार थान मिनी टिलर, ३० किलो मकैको बीउ र दुई थान विद्युतीय घट्ट (मिल) हस्तान्तरण गरिएको हो।

 बिहीबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्लले संयुक्त रूपमा उपकरणहरू हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वडाध्यक्ष सुर्यबहादुर ब्लाेन, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, कृषि शाखाका प्राविधिक सन्दीप कुशहवा तथा किसानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कृषि उपकरण तथा बीउ वितरणका लागि चार लाख रुपैयाँ बराबरको बजेट व्यवस्था गरिएकोमा, दुई लाख रुपैयाँ गाउँपालिकाबाट अनुदान स्वरूप र बाँकी दुई लाख कृषक समूहको सहभागितामा जुटाइएको हो।

प्राविधिक सन्दीप कुशहवाका अनुसार, वितरण गरिएका सबै ट्याक्टरहरू मिनी टिलर हुन्, जसले मकै खेतीका लागि आवश्यक जमिन तयारीमा सघाउनेछ। विद्युतीय घट्टले स्थानीय उत्पादन प्रशोधनमा मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

गाउँपालिका अध्यक्ष मुक्तानले कृषिमा यान्त्रिकीकरण र अनुदानको माध्यमबाट उत्पादन वृद्धि र किसानको जीवनस्तर उकास्न पहल गरिएको बताए। उपाध्यक्ष मल्लले यस्ता कार्यक्रमले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने विश्वास व्यक्त गरे।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img