देशगण्डकी प्रदेशडाँडाले रोक्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान

डाँडाले रोक्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान

काठमाडौँ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान तोकिएको समयमा नहुने भएको छ ।

तिहारअघि रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्ने र तिहारलगत्तै परीक्षण उडान गरी आगामी पुस १७ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी थियो तर प्रस्ताव मूल्याङ्कनको काममा ढिलाइ हुँदा परीक्षण उडान लम्बिने देखिएको हो। पूर्व–पश्चिम दिशामा रहेको दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ सय मिटर चौडाइ रहेको धावनमार्गको सामुन्नेमा सो डाँडा पर्छ।

विमानस्थल सञ्चालनअघि विमानस्थलको पूर्वी सिमानाबाट १.३५ किलोमिटरको दूरीमा रहेको रिट्ठेपानी डाँडाको ४० मिटर काट्नुपर्ने हुन्छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हवाई सुरक्षाका लागि विमानस्थल छेउको सो डाँडा कटान गर्नैपर्ने हुन्छ।

प्राविधिक अध्ययनले पनि सोही निष्कर्ष निकालेको थियो। उहाँले भन्नुभयो, “डाँडापछाडिको ४० मिटर र अगाडिको १२ मिटर काट्नुपर्ने भए पनि १४ मिटर डाँडा काट्नेबित्तिकै परीक्षण उडान सुरु हुनेछ।” डाँडा काट्नका लागि कम्पनी छनोटको प्रक्रिया टुङ्गिएको छैन। यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img