सुनसरी / मंगलबार राति झापाको गौरादह नगरपालिका- ८ मा ३५ वर्षीय काकाले १५ वर्षीय भतिजलाई गोली प्रहार गरि आ´त्मह’त्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार नाताले काका पर्ने जीवन शाहले भतिजा हेमराजलाई गोली हानेर आ´त्महत्या गरेका हुन् । उनले आफैंले कन्चटमा गोली हानेको हुनसक्ने देखिएको प्रहरीले बताएको छ ।
दुवैलाई विर्तामोडस्थित विएण्डसी अस्पताल लगिएकोमा हेमराजको उपचार भइरहेको छ भने जीवनको मृत्यु भएको छ । भतिजालाई गोली लागेको ठाउँको ५० मिटिर उत्तरमा रहेको गेउरिया खोला किनारमा रहेको बासको झ्याङ्गमुनि शाह गम्भीर अवस्थामा फेला परेका थिए ।
उनको साथमा भेटिएको पेस्तोलबाट ३ राउण्ड गोली बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय दमकले घटनाबारे थप अनुसन्धान भइरहेको छ ।