देशकोशी प्रदेशविराटनगरको कोशी कोभिड अस्पतालबाट कोरोना संक्रमित कैदी फरार

विराटनगरको कोशी कोभिड अस्पतालबाट कोरोना संक्रमित कैदी फरार

सुनसरी / विराटनगरको कोशी कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका एक जना कैदी हिजो बुधबार राति विराटनगर महानगरपालिका- १८ का ४५ वर्षीय लक्ष्मण दास अस्पताल बाट नै भागेका हुन् ।
बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय भोगेका दास शौचालय जाने बहानामा राति सवा १० बजेतिर अस्पतालबाट फरार भएको कोशी कोभिड अस्पतालका सुचना अधिकृत अनुपम राजवशीले जानकारी दिए ।

कारागार चलानका लागि कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि साउन २० गते अस्ताल भर्ना गरिएको थियो । बुधबार राति शौचालय जाने क्रममा हातको हतकडी खोलेपछि उनी फरार भएका छन् ।

उनलाई लेनदेन मुद्दामा अदालतले २०७६ साल वैशाख २९ गते ६ महिना कैदको फैसला सुनाएको थियो । फैसलापछि उनी फरार थिए । लुकिछिपी बसेको अवस्थामा प्रहरीले गत साउन २० गते उनलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीहरूले उनको खोजि कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img