सुनसरी / भोजपुर जिल्लाको अरुण गाउँपालिका-२ मा बस्ने ५५ बर्षीय ज्ञान बहादुर श्रेष्ठले श्रीमतीको ह’त्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
हिजो शनिवार ४ बजे श्रीमान श्रीमती बिच एकआपसमा घरायशी बिषयमा सामान्य बादबिबाद भएको भएको थियोे । बादबिबादकै क्रममा रिसको झोकमा श्रीमानले आफ्नै श्रीमती ४१ वर्षीया गंगा श्रेष्ठलाई घाँटी थिचेर ह’त्या गरेका थिए ।
प्रहरीले मल खाडिमा पुरेको सुचना पाए सँगै प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले ज्ञानबहादुरलाई पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी घर आएका श्रेष्ठले मादक पदार्थको अवस्थामा श्रीमतीको ह’त्या गरेको र ह’त्या पश्चात घटनालाई ढाकछोप गर्न नजिकै रहेको मल खाडीमा खाल्डो खनी पुरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हो ।
घटना विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।



