Sunday, April 27, 2025
देशकोशी प्रदेशइटहरीको तालतलैयामा कर्मचारीद्वारा कार्यसमिति सदस्यलाई रकम हिनामिनाको आरोप
spot_img

इटहरीको तालतलैयामा कर्मचारीद्वारा कार्यसमिति सदस्यलाई रकम हिनामिनाको आरोप

सुनसरी / इटहरी २ र ३ मा पर्ने पर्यटकीय स्थल तालतलैया विकास तथा संरक्षण समितिका कार्यसमिति सदस्य खगेन्द्र आचार्य र कर्मचारी कुलप्रसाद निरौलाको विवादका कारण सिंगो समूह नै कार्यसमिति विवादित बनेको हो ।

समितिकै मातहतमा कार्यरत कर्मचारी निरौलाले कार्यसमिति सदस्य आचार्यलाई टिकट काट्ने क्रममा रकम हिनामिना गरेको आरोप लगाएपछि विवाद उत्पन्न भएको थियोे ।

आचार्यले बोटिङ काउण्टरका कर्मचारी बाहिर गएको समयमा टिकट काटेर पर्यटकलाई टिकट नदिइ रकम हिनामिना गरेको र पछि टिकट माग्दा आँफूले च्यातेर फालिदिएको जवाफ दिएको आरोप लगाइएको छ ।

टिकट नपाएका पर्यटकलाई नै आँफूले सोधेको र उनले आँफूलाई काउण्टरबाट टिकट नै नदिएको बताएको निरौलाको आरोप छ । निरौलाले भने, ‘मैले उक्त व्यक्तिलाई नियालिरहेको थिएँ । पछि गएर उनलाई नै सोधेको पनि हो, तर उनले काउण्टरबाट टिकट नै नपाएको बताए ।’

बोटिङका कर्मचारी खुजुरा साट्न गएको समयमा आचार्य पुगेर केही समयका लागि बसिदिएको र सो समयमा भीड भएका कारण आचार्यले नै टिकट काटेर पर्यटकलाई बोटिङ गर्न पठाएको तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मी खनालले बताए ।

व्यक्तिले टिकट नलिएका कारण आचार्यले टिकट च्यातेर फालिदिएको र उनीसँग झोला नभएका कारण रकम गोजीमा नै राखेको सत्य भएको बताए । आचार्यले नियतवस नभइ पछि उक्त रकम कार्यालयमा बुझाएको र यस समस्या समाधान गर्ने खनालले अध्यक्ष खनालले बताए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img