देशकोशी प्रदेशटेम्केमैयुङ ४ नम्बर वडा कार्यालयको आयोजनामा शिक्षक अभिभावक अभिमुखिकरण कार्यक्रम...

टेम्केमैयुङ ४ नम्बर वडा कार्यालयको आयोजनामा शिक्षक अभिभावक अभिमुखिकरण कार्यक्रम सन्चालन

सुनसरी / भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ४ नागीले शिक्षक अभिभावक अभिमुखिकरण कार्यक्रम सन्चालन गरेको छ ।

गाउँकै शिक्षक गाउँकै अभिभावकलाई मुहान सफाइ अभियान कार्यक्रम लिएर टेम्केमैयुङ गाउँपालिका ४ नम्बर वडा कार्यालय दिल्पा , नागिले शिक्षक अभिभावक अभिमुखिकरण कार्यक्रम सन्चालन गरेको छ । असोज २३ गते देखि सुरू गरेको अभिमुखिकरण कार्यक्रम दशै लागे सँगै कात्तिक १४ गतेदेखि १८ गते सम्म सञ्चालन हुने भएको छ ।

प्राविधिक सहयोगमा साकेला टेक्निकल एकेडेमी धरान सुनसरीका सालिक राइले नागीको शारादा प्राबि खोङ्गटाङमा प्रशिक्षण गराएका थिए ।

शिक्षक अभियानलाई ज्ञान दिलाउन प्रशिक्षण दिएको थियोे । शिक्षकलाई अग्रर स्थर ल्याइ गुणस्तरीय शिक्षा बनाउन कार्यक्रम गरिएको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष हर्कराज राईले जानकारी दिनुभयो । गाउँपालिका भरिमा पहिलो पल्ट अभिभावक शिक्षक कार्यक्रम भएको गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष हर्कराज राईले दावि गर्नुभयो ।

कार्यक्रम प्रमुख अतिथि टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत , गाउँपालिका विभिन्न संघ संस्थाका प्रतिनिधि , शिक्षक अभिभावक लगाएतको उपस्थिति रहेको थियोे ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img