देशकोशी प्रदेशमोरङमा कलेज बसको ठक्करबाट वृद्वको मृत्यु

मोरङमा कलेज बसको ठक्करबाट वृद्वको मृत्यु

मोरङ : मोरङको रंगेलीमा कलेज बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

रंगेली नगरपालिका ७ स्थित बसपार्कमा मङ्गलबार भएको सवारी दुर्घटनामा घाइते भएका वृद्धको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको हो ।

विराटनगरस्थित मेरिल्यान्ड कलेजको को १ क १५२९ बसले रंगेली बसपार्कमा साइकलयात्री रङ्गेली नगरपालिका ३ रन्जनी घर भएका ७२ वर्षका वृद्ध अर्जुन देवलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर अर्जुनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ४ बजे मृत्यु भएको हो । बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनापछि बस र चालक रतुवामाई नगरपालिका ५ सिजुवा बस्ने वर्ष ४५ का सूर्यबहादुर ताजपुरियालाई प्रहरीले पक्राउ आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img