समाजसुनको सिक्री नदिएको निहुँमा विवाह रद्द गरेपछि बेहुलासहित ६ जना पक्राउ

सुनको सिक्री नदिएको निहुँमा विवाह रद्द गरेपछि बेहुलासहित ६ जना पक्राउ

वीरगन्ज । सुनको सिक्री दाइजो नदिएको निहुँमा बिहे रद्द गरेपछि प्रहरीले बेहुलासहित ६ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका-२४ स्थित रानीघाटबाट दुलाहासहित ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।

बारा कलैया उपमहानगरपालिका-४ सिनेमा चौकका उमेश शाहले मण्डपमै बिहे रद्द घोषणा गरेका थिए। उनले वीरगन्ज महानगरपालिका-२४ रानीघाटका सुखल शाहकी २४ वर्षीया छोरी रमिता कुमारीसँग विवाह गर्न लागेका थिए। सामाजिक स्वास्थ्य शाखामा कम्प्युटर अपरेटर रमिता पीडित परिवारले बेहुला पक्षविरुद्ध जाहेरी दिने बताइएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img