Thursday, December 5, 2024
राजनीतिप्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत मागे

प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत मागे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकमा विश्वासको मत मागेका छन् । नेपाली कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिएपछि संवैधानिक प्रावधानअनुसार उनले बुधबार संसदमा विश्वासको मतको प्रस्ताव राखेका हुन्।

प्रधानमन्त्रीले सम्बोधन गर्दै सरकार पुनर्गठन र नयाँ सरकारी समीकरणको आवश्यकता बताए। उनले सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि नयाँ सरकारको मूल लक्ष्य हुने बताए।

अर्थतन्त्र सुधारका लागि उनले निरन्तर प्रयास गरेको उल्लेख गर्दै विभिन्न आर्थिक सूचकहरूमा सुधार आएको दाबी गरे। तर उत्पादन र रोजगारी वृद्धि अपेक्षित नभएको र पुँजीगत खर्च बढ्न नसकेको भन्दै आलोचना पनि गरे।

नयाँ सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे। सरकारले रोजगारी सिर्जना, आयात प्रतिस्थापन र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्ने उनले बताए ।

कांग्रेसका केही नेताहरूले सरकार पुनर्गठनको अराजनीतिक व्याख्या गरेको र आफूमाथि निजी आक्षेप गरेको गुनासो गर्दै प्रधानमन्त्रीले त्यसको प्रतिवाद गरेका छन्। तर उनले प्रतिशोध नलिने र सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रयास गर्ने बताए।

संसदलाई विश्वास दिलाउँदै प्रचण्डले देशमा नयाँ स्टार्टअप र उद्यमशीलताको विकास गर्ने बताए। उनले आगामी दिनमा सुशासन कायम गरी जनतामा राज्यप्रति विश्वास जगाउने लक्ष्य राखेका छन्।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img