Thursday, December 5, 2024
कोशी प्रदेशइटहरीइटहरीमा हर्षोल्लासका साथ मनाइयो छठ पर्व

इटहरीमा हर्षोल्लासका साथ मनाइयो छठ पर्व

इटहरी | अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर इटहरीमा छठ पर्व हर्षोल्लाससहित मनाइएको छ। यहाँका पोखरी, तलाउ तथा नदी किनारमा निर्माण गरिएका छठघाटहरूमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थिति रहेको थियो।

इटहरी उपमहानगरपालिका र सुन्दरहरैंचा नगरपालिकाको संयुक्त उपस्थितिमा सुनसरी–मोरङ जोड्ने बूढी गंगा मुक्ती घाटमा छठ पर्व हर्षोल्लासका साथ मनाइएको हो।

त्यस्तै, इटहरीको तालतलैया, टेंग्रा खोला, हवाइ चौकस्थित पैनी लगायतका स्थानलाई सजाएर छठ घाट निर्माण गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। छठ पर्व कात्तिक शुक्ल चतुर्थीबाट सुरु भएर कात्तिक शुक्ल सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न गरिन्छ।

छठ पर्वको मुख्य तिथि भने आज, कात्तिक शुक्ल षष्ठीको दिनलाई मानिन्छ। बर्तालुहरूका अनुसार दउरामा विशेषगरी बोटसहितको अदुवा, मुला, केरा, पिँडालु, बेसार, नरिवल, स्याउ, सुन्तला, केरा लगायत फलफूल र प्रसादमा ठेकुवा लिएर घाटमा पूजा आराधना गर्ने परम्परा छ। अर्घ्यका लागि भने कसैली, सुपारी, इलाइची, ल्वाङ, र सिन्दुर चढाउने चलन छ।

छठ पर्वमा महिला–पुरुष भक्तजनहरूले नदीबाट जल लिएर अस्ताउँदो वा उदाउँदो सूर्यतर्फ फर्केर अर्घ्य दिन्छन्। श्रद्धालु महिला भक्तजनहरूले आफ्नो परिवार र सन्तानको सुख–समृद्धिको कामना गर्दै पानी समेत नपिई व्रत बस्ने गर्छन्।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img