Saturday, April 19, 2025
समाजपाँचथरको फिदिममा आगलागीमा घाइते भएका जयप्रकाश राईको मृत्यु
spot_img

पाँचथरको फिदिममा आगलागीमा घाइते भएका जयप्रकाश राईको मृत्यु

पाँचथर | घरमा लागेको आगोबाट सामान जोगाउन खोज्दा जलेर घाइते भएका पाँचथरको फिदिम २ का ६२ वर्षीय जयप्रकाश राईको मृत्यु भएको छ।

उनको काठमाडौँ स्थित बर्न अस्पतालमा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।राईको घरमा मंगलबार अपराह्न सवा चार बजे आगलागी भएको थियो। आगलागी भइरहेका बखत सामग्री जोगाउने क्रममा गम्भीर घाइते भएका राईलाई बुधवार दिउँसो नेपाली सेनाको हेलिकोप्टर मार्फत कीर्तिपुर पठाइएको थियो।

उनको उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। घरमा आगो सल्किनुको कारण खुलेको छैन भने घर र सम्पत्ति सबै जलेको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img