समाजकाठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लाग्यो: मेयर साम्पाङ

काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लाग्यो: मेयर साम्पाङ

काठमाडौं: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् ।

धरान उपमहानगरपालिकाको विकास निर्माण सम्बन्धी कामले काठमाडौं आएका थिए । उनले प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको विजोग देख्दा श्रमदान गर्न मन लागेको बताएका हुन् ।

उनले ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’ भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img