Thursday, March 27, 2025
समाज१३ वर्षीया बालिका करणीको आरोपमा एक जना पक्राउ

१३ वर्षीया बालिका करणीको आरोपमा एक जना पक्राउ

जुम्ला — १३ वर्षीया बालिका कर’णीको आरोप लागेका जुम्ला चन्दननाथ ७ का प्रेमजङ्ग महतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार बालिकाको आमाले जिल्ला प्रहरी कार्यालय जुम्लामा महतविरुद्ध उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । चन्दननाथ ५ जुगाढखोला क्षेत्रबाट महतलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महतले धर्मछोरीको रुपमा घरमा राखेका बालिकालाई पटक पटक कर’णी गर्दै आइरहेको बालिकाको आमाको आरोप छ । बालिकालाई पढाइलेखाइको व्यवस्था गरिदिने र घरायसी काममा सहयोग पुग्ने गरी धर्मछोरीको रुपमा राखेका थिए । बालिकाकी आमासँग सहमति गरेर गत वैशाखदेखि उनी महतको घरमा धर्मछोरीको रुपमा बसेकी थिइन् ।

आमाले दोस्रो बिहे गरेपछि छोरी पनि साथमै जाजरकोटदेखि जुम्ला आएकी हुन् । व्यापार व्यवसाय गर्न थालेकी आमासँग सदरमुकाम खलंगामा बस्दै आएकी बालिकालाई नजिकैको नाता पर्ने ईश्वरी आरसीले महतको घरमा राखिदिने सहमति गराइदिएकी थिइन् ।

‘छोरी बनाएर पाल्छु भनेर लिए करणी गरेर छोरीको भविष्य अन्यौलग्रस्त बनाइदिए‚’ आमाले भनिन्, ‘अरुसँग कुरा भनिस् भने मारिदिन्छु भन्ने धम्की दिएपछि छोरीले मुसामारसमेत सेवन गरिन् ।’

चन्दननाथ नमुना माध्यमिक विद्यालय खलंगामा कक्षा ४ मा अध्ययनरत बालिका स्कुल पढ्ने वातावरण नभएपछि जाजरकोटस्थित मामाको घरमा गएकी छन् । यता आमाछोरीलाई मिलापत्र कागज बनाइदिएर करणीको विषय गुपचुप बनाउन महतका आफन्तले प्रयास गरेको पीडितकी आमाले बताइन् ।

उनीहरूले बालिकाको पठनपाठनका लागि भन्दै ७ लाख रुपैयाँ दिएको मिलापत्र कागजमा उल्लेख गरिएको छ । मिलापत्रमा साक्षीका रुपमा सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्षदेखि जनप्रतिनिधिसम्म संलग्न छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी नरेन्द्र चन्दले आरोपित महतमाथि अनुसन्धान भइरहेको बताए । उनका अनुसार बालिका आइपुग्नेबित्तिकै सोधपुछदेखि मेडिकल जाँचको काम अघि बढाइने छ ।

यता प्रेमजङका आफन्तले भने कर’णीको कार्य नभएको दाबी गरेका छन् । छोरी अन्य केटासँग जिस्किन र बिग्रन थालेको संकेत पाएपछि आमाको जिम्मा लगाइएको उनीहरूले बताउँदै आएका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img