समाजबाढीका कारण अफगानिस्तानमा ३२ जनाको मृत्यु, २० घाइते

बाढीका कारण अफगानिस्तानमा ३२ जनाको मृत्यु, २० घाइते

काठमाडौँ- अफगानिस्तानमा बाढीका कारण ३२ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। परवान प्रान्तको शिनवारी र सिया गार्द जिल्लाहरूमा बाढीका कारण यस्तो क्षति भएको हो।

यो सँगै सयौं घर ध्वस्त भएको स्थानीय अधिकारीले बताएका छन्। प्रान्तीय सूचना तथा संस्कृति विभागका प्रमुख शम्स रहमान सादेक्कीले सयौं घर ध्वस्त भएको टोलो न्युजललाई बताएका छन्। अफगानिस्तानमा भारी वर्षा र अचानक आएको बाढीले सो क्षति पुर्‍एको हो।

अफगानिस्तानको लोगार, वार्दक र खोस्ट प्रान्तमा महिला र बालबालिकासहित कम्तीमा २१ जना घाइते पनि स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्।

देशको पूर्वी र मध्यक्षेत्रमा अवस्थित तीन प्रान्तहरूमा विगत केही दिनदेखि परेको भारी वर्षा र अचानक आएको बाढीले ठूलो संख्यामा गाउँ-बस्तीहरू प्रभावित गरेको खामा प्रेसले उल्लेख गरेको छ। साथै बाढीले पोल-ए-आलमका थुप्रै ठाउँहरू बगाएको छ। बाढीले सयौं आवासीय संरचना, हजारौं एकड खेतबारी र दर्जनौं बगैंचामा क्षति पुर्‍एको पनि स्थानीयबासीले बताएका छन्।

यस क्षेत्रमा सयौं परिवार घरबारविहीन बन्दै विस्थापित भएका छन्। साथै दक्षिण-पूर्वी अफगानिस्तानको पक्तिया, मैदान वर्दक र खोस्ट प्रान्तहरूमा पनि बाढीले आर्थिक र मानवीय क्षति पुर्‍एको खामा प्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img