समाजदुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

दमौली: तनहुँमा ट्र्याक्टर दुर्घटनामा परी बुबाको मृत्यु भएको छ । दुर्घटनामा अधिकारीका छोरासहित दुईजना घाइते भएका छन् ।

भानु नगरपालिका–२ भकुन्थोकस्थित डुम्रे बँेसीसहर सडकखण्ड जोड्ने भित्री सडकमा बा ०३–००१ त २२६ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४० वर्षीय ईश्वर अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । दुर्घटनामा मृतक अधिकारीका छोरा १७ वर्षीय समिर तथा ३९ वर्षीय दीपक नेपाली घाइते भएका छन् । दुवैको उपचार भइरहेको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img