Sunday, July 20, 2025
समाजजापानको नेवाः वगैंचामा पुष्प मेला

जापानको नेवाः वगैंचामा पुष्प मेला

spot_img

काठमाडौं | जापानमा दुई महिने “लेक हामाना हानाहाको पुष्प मेला २०२४” सफलतापूर्वक सम्पन्न भएको छ। यो मेला ५६ हजार हेक्टर क्षेत्रफल भएको नेवाः (नेवार) बगैँचामा आयोजना गरिएको थियो। उक्त बगैंचा चारैतिरबाट विशाल तालले घेरिएको छ, जसले मेलाको सौन्दर्यलाई थप बढाएको थियो।

मेलाका व्यवस्थापक प्रोफेसर नरेश महर्जन हुन्, जो ३४ वर्षदेखि जापानमा बसोबास गर्दै आएका छन्। उनी शुजुओका अञ्चलका राजदूत समेत हुन्। महर्जनले बताए अनुसार, मेलाको लागि भूमिस्पर्श बुद्ध र नाट्य गणेशका मूर्तिहरू नेपालबाट ल्याइएको थियो।

- Advertisement -

मेलामा विभिन्न नेवाः सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। प्रोफेसर महर्जन स्वयंले लाखे नृत्य प्रस्तुत गरेका थिए भने उनका भाइ दीलिप महर्जनले धिमे बजाएका थिए। जापानमा बस्दै आएका राम महर्जनले बाँसुरी वादनको प्रस्तुति दिएका थिए।

नेपालबाट आमन्त्रित साहित्यकार रीता महर्जन “ऋतु” र कलाकार सलिना अवालेले पनि मेलामा विशेष प्रस्तुतिहरू दिएका थिए। सलिना महर्जनको धिमे नृत्यले दर्शक र आमन्त्रित पाहुनाहरूको मन जितेको थियो। रीता महर्जन र नरेश महर्जनको युगल नृत्यले पनि सबैलाई प्रभावित पारेको थियो।

प्रोफेसर महर्जनले यो मेलाको उद्देश्य नेपालको नाम चिनाउने र बुद्ध जन्मस्थल नेपाल भएको जानकारी दिने रहेको बताए। उनले थप भने, “आफ्नो देश, भाषा र पहिचानको लागि सधैं अग्रसर भई नेपालको नाम उँचो राख्न प्रयासरत छौं।”

यो मेलाले जापान र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउनुका साथै नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img