शिक्षा२०५६ सालदेखि कक्षा ११ र १२ मा फेल भएका विद्यार्थीले मौका परीक्षा...

२०५६ सालदेखि कक्षा ११ र १२ मा फेल भएका विद्यार्थीले मौका परीक्षा दिन पाउने

काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र १२ मा विभिन्न विषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरूलाई अन्तिम एकपटक मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ। बोर्डले यसका लागि सम्बन्धित विद्यार्थीहरूलाई आवेदन फाराम भर्न आह्वान गरेको छ।

यो परीक्षा व्यवस्था पुरानो ग्रेडिङ्ग प्रणाली अन्तर्गत डी र ई ग्रेड प्राप्त नगरेका विषयमा मात्र लागू हुनेछ। रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम (कक्षा ११ का लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम) भएका विद्यार्थीहरूलाई मात्र यो सुविधा उपलब्ध हुनेछ।

विद्यार्थीहरूले मंसिर २७ सम्म आफ्नो विद्यालयमार्फत आवेदन फाराम भर्नुपर्नेछ। परीक्षा आवेदन शुल्क एक हजार रुपैयाँ तोकिएको छ। प्रयोगात्मक विषय मात्र बाँकी रहेका विद्यार्थीहरूले पनि प्रति खण्ड एक हजार रुपैयाँ तिरेर सोही समयभित्र आवेदन दिन सक्नेछन्।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img