समाजसवारी दुर्घटनामा हेटौडाका युवा साहित्यकार प्रभास घिमिरेको निधन
spot_img

सवारी दुर्घटनामा हेटौडाका युवा साहित्यकार प्रभास घिमिरेको निधन

हेटौँडा | मकवानपुरे साहित्यमा उदाउँदो प्रतिभा र लोकप्रिय पुराणवाचकका रूपमा चर्चित २० वर्षीय प्रभास घिमिरेको भारतको लखनऊमा भएको सवारी दुर्घटनामा असामयिक निधन भएको छ।

हेटौडा-१७ घर भएका घिमिरे विशेषतः छन्दमा आधारित कविता सिर्जनामा सक्रिय थिए र आफ्नो अनोखी प्रस्तुती शैलीका कारण साहित्यिक क्षेत्रका विभिन्न कार्यक्रमहरूमा लोकप्रिय थिए।

घिमिरेले हालै सिस्नुपानी मकवानपुरले आयोजना गरेको देउसीभैलो कार्यक्रममा पुराणवाचकका रूपमा उत्कृष्ट प्रस्तुति दिएर दर्शकहरूको मन जितेका थिए। उनको असमयिक निधनले मकवानपुरे साहित्यिक क्षेत्रमा ठुलो क्षति पुगेको छ। स्थानिय साहित्यकार, कलाकार तथा घिमिरेका सहकर्मीहरूले यो घटनाले सिर्जनात्मक क्षेत्रलाई गहिरो शोकमा पारेको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img