Tuesday, July 8, 2025
समाजहेटौँडाबाट बीरगन्ज पुगेको ट्रकबाट ३१९ किलो चरेस बरामद

हेटौँडाबाट बीरगन्ज पुगेको ट्रकबाट ३१९ किलो चरेस बरामद

spot_img

हेटौँडा | हेटौँडा हुँदै बीरगन्जतर्फ गइरहेको एक मालवाहक ट्रकबाट ठूलो परिमाणमा लागूऔषध चरेस बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बुधबार साँझ साढे ७ बजे वीरगञ्ज–२१, परवानीपुरचोकमा रोकी राखिएको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट ३१९ किलो चरेस बरामद गरिएको हो।

विशेष सूचनाका आधारमा ट्रकको निगरानी गरिरहेको प्रहरी टोलीले ट्रकलाई रोकेर जाँच गर्दा, पछिल्लो भागमा सामान बोक्ने स्थानमा सेतो प्लास्टिकको बोरामा लुकाएर राखिएको अवस्थामा १३ पोका चरेस फेला पारेको हो। लागूऔषध चरेस यति ठूलो मात्रामा बरामद हुनु, ट्राफिक र सुरक्षातर्फ चुनौतीको रूपमा देखिएको छ।

-सूचना-

प्रहरीले ट्रक चालक मकवानपुर जिल्लाको थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको छ। चालक स्याङ्तानको साथबाट प्रहरीले १ लाख ९२ हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ।

चरेस हेटौंडाबाट लोड गरेर वीरगन्ज हुँदै सीमापार लैजाने योजना रहेको आशंका गरिएको छ।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img