Sunday, March 16, 2025
राजनीतिनेपाली काङ्ग्रेसको रोकिएको अधिवेशन सुरू

नेपाली काङ्ग्रेसको रोकिएको अधिवेशन सुरू

काठमाडौं : प्रदेश नम्बर २ को सर्लाही , पर्सा र रसुवाबाहेकका जिल्लामा शनिबार वडा अधिवेशन सुरू भएको छ । क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसक्दा रोकिएको नेपाली काङ्ग्रेसका तल्लो तहका अधिवेशन शनिबार सुरू भएको छ ।

१३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन सुरू भएका अन्य जिल्लाको पनि प्रक्रिया रोकिएको थियोे । १३ जिल्लाले सबै तहको अधिवेशन सके पनि प्रदेश-२ का ८ सहित डोल्पा , कैलाली , रसुवा, सुर्खेत , बाँके जिल्लाको वडा अधिवेशन सुरू हुन सकेको थियन ।

बाँकेको सबै जिल्लाको अधिवेशन प्रक्रिया एकसाथ अघि बढाउने काङ्ग्रेस निर्वाचन समितिको निर्णयसहित संशोधित कार्यतालिका अनुसार फेरि अधिवेशन प्रक्रिया सुरु भएको छ ।

कतिपय जिल्लामा शनिबार नै प्रदेशसभा क्षेत्रीय अधिवेशन भएका छन् भने क्रियाशील सदस्यता विवाद अझै सुल्झेको छैन । सबैभन्दा अन्तिममा क्रियाशील सदस्यता सार्वजनिक सर्लाही देखि , रौतहट , डडेल्धुरासम्मको विवाद कायमै छ ।

पार्टी सभापति शेरबहादुर देउवाको गूहजिल्ला डडेल्धुराका सभापति कर्णबहादुर मल्लले यसअघि भएको वडा र पालिकाको अधिवेशन रद्द गरि पुन: अधिवेशन गराउन माग गर्दै आएका छन्

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img