Sunday, March 16, 2025
अन्तर्राष्ट्रियराष्ट्रपति कार्यलयमा महिला सैनिकमाथि भएको बला'त्का'रको अनुसन्धान सुरू

राष्ट्रपति कार्यलयमा महिला सैनिकमाथि भएको बला’त्का’रको अनुसन्धान सुरू

एजेन्सी- फ्रान्समा राष्ट्रपति कार्यलयमा एक महिला सैनिकमाथि भएको बला’त्का’रबारे अनुसन्धान सुरू भएको छ । राष्ट्रपति कार्यलयमा आयोजित मदिरापान कार्यक्रममा एक महिला सैनिकले आफूमाथि याै’न दुर्’व्यबहार भएको बताएकी थिइन् । बला’त्का’र गर्ने व्यक्ति पनि सैनिक नै रहेको जनाइएको छ ।

एक वरिष्ठ सैनिक अधिकारीको बिदाई कार्यक्रममा आफ्नै सहकर्मीले बला’त्का’र गरेका थिए । कार्यक्रममा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रो पनि सहभागी थिए ।जुलाई १ मा आयोजित कार्यक्रममा राष्ट्रपति म्याँक्रोले आफ्नो भनाई राखेर निस्कएपछि मदिरापानको कार्यक्रम चलेको थियो । कार्यक्रममा एक पुरुष सहकर्मीले बला’त्का’र गरेको ती महिला सैनिकको भनाई छ । घटना भएको भोलिपल्ट उनले प्रहरीमा उजुरी दिएकी थिइन् ।

आरोपित व्यक्तिमाथि छानविन भएको छ । तर, उनीबिरुद्ध मुद्दा भने चलाइएको छैन् । आफ्नै सहकर्मीले महिला सैनिक बला’त्का’र गरेको विवरण शुक्रबार मात्र सार्वजनिक भएको थियो । पीडित महिला र आरोपित व्यक्ति दुबै जना राष्ट्रपति भवनको सुरक्षा अधिकारीको कार्यालयका कर्मचारी हुन् । उनीहरूबीच लामो चिनजान थियो ।

फ्रान्सेली कानुनअनुसार सहमतिमा यौन सम्बन्ध राख्न १५ वर्ष पूरा हुनुपर्छ । फ्रान्समा पछिल्लो समयमा यौन दुर्’व्यबहारका घटना बढेका छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img