Wednesday, January 15, 2025
देशकोशी प्रदेशमोरङको ग्रामथान अध्यक्षमा माओवादीका माझी निर्वाचित

मोरङको ग्रामथान अध्यक्षमा माओवादीका माझी निर्वाचित

मोरङ | मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जितनजिक पुगेका छ ।

१६ हजार १ सय ९४ मत गणना हुँदा माओवादी उम्मेदवार नमोनारायण माझीले ६ हजार २ सय ७६ प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार बलराम सरदार ४ हजार ७ सय ९१ मतका साथ उनलाई पछ्याइरहेका छन् । ३ हजार २ सय ६६ मत नेकपा (एमाले)का उम्मेदवार तुलसीराम विश्वासले प्राप्त गरेका छन् ।

माओवादी र कांग्रेसका उम्मेदवारबीचको मतान्तर १ हजार ४ सय ८५ छ । माओवादी उम्मेदवार जितनजिक पुगिरहेका बेला मतगणनास्थल बाहिर नेता कार्यकर्ताले खुसीयाली मनाइरहेका छन् ।

अब २ हजार ३८३ मत गणना हुन बाँकी छ । आइतबार भएको उपनिर्वाचनमा ग्रामथानमा १८ हजार ५७७ मत खसेको थियो । सोमबार बिहान साढे ७ बजेसम्म १६ हजार १९४ मत गणना भएको हो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img