राजनीतिबागमती प्रदेशका मुख्यमन्त्री बानियाँ आज विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँ आज विश्वासको मत लिँदै

हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा गठन भएको उनको सरकार संवैधानिक प्रावधानअनुसार पहिलोपटक मत परीक्षणको प्रक्रियामा प्रवेश गर्न लागेको हो।

संविधानको धारा १६८(४) अनुसार मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र संसद्‌बाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। यही सन्दर्भमा साउन २० गते नियुक्त भएका बानियाँले सभामुख भुवन कुमार पाठकको अध्यक्षतामा अपरान्ह ४ बजे बस्ने बैठकमा विश्वासको मत प्रस्ताव पेश गर्नेछन्। प्रस्तावमाथि छलफलपछि मतदान हुनेछ।

यो मतदान केबल संवैधानिक औपचारिकता मात्र होइन, पछिल्ला राजनीतिक फेरबदलको प्रत्यक्ष परिणामको परीक्षण पनि हो। बानियाँ आफैं दलका नेता बन्नुअघि, तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेस प्रदेश संसदीय दलमा अविश्वास प्रस्ताव ल्याएर बहुमत सुनिश्चित गरेका थिए। लामाले चुनावमा हार स्विकारेपछि पदत्याग गरेका थिए।

हाल बानियाँसँग आफ्नै दल नेपाली कांग्रेसका ३७ र सत्ता साझेदार एमालेका २७ सांसदसहित ६४ सांसदको समर्थन छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img