Friday, January 17, 2025
पर्यटनझापाको सालबारीे 'पर्यटन हब'बन्दै

झापाको सालबारीे ‘पर्यटन हब’बन्दै

झापा / झापाको सालबारी पछिल्लो समय आन्तरिक पर्यटकको थप आकर्षणको केन्द्र बन्दै गएको छ ।

अर्जुनधारा नगरपालिका स्थित सुखानी शहीद स्मृति पार्क झापाको महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । झापा विद्रोहका ५ जना शहीदको प्रतिमासहितको सो पार्कले झापाको उदीयमान पर्यटकीय क्षेत्रको परिचय बनाइसकेको छ ।

पार्कमा मनोरञ्जनात्मक सामग्री र लोपोन्मुख जीवजन्तुको दृश्यावलोकनसमेत गर्न सकिन्छ । जङ्गलभित्र सुन्दर र आकर्षक बाटोको निर्माण, ५ शहीदहरूको मूर्ति, ठूलो पोखरीभित्र बोटिङ, आकर्षक काठको पुल रहेको सालबारी आन्तरिक तथा बाह्य पर्यटककोे रोजाइ बन्न थालेको छ ।

सालबारी विधार्थीहरुले भर्पुर मनोरञ्जन लिइरहेको तथा सालबारीमा बनभोजखानेहरुको भिड रहेको तथा बन भोजको लागि उपयुक्त रहेको छ । यहाँ सालका बोट बिरुवाहरुको संरक्षण गरिएको देखिएको बाल विकास ईग्लिश बोर्डिङ स्कुलका शिक्षक नारायण कुमार सन्जेलले बताए ।

अहिले दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक सुखानी शहीद स्मृति पार्क आउने गरेका छन् । यस क्षेत्रमा २२ हेक्टर जमिनलाई संरक्षण गरी वनभोज तथा अध्ययन स्थलको रूपमा पनि विकसित गरिएको छ । पार्कसँगै रहेको कछुवा उद्धार तथा प्रजनन केन्द्र पनि जैविक विविधताबारे अध्ययन गर्ने थलो हो ।

शहीदको योगदानको सम्मान र वातावरणीय संरक्षणका लागि पार्क स्थापना गरिएको व्यवस्थापन समितिको भनाइ छ । पार्कलाई सबैको साझा र आकर्षक पर्यटकीय गन्तव्य बनाउन सरकारी तथा विभिन्न निकायसँग पनि समन्वयको प्रयास भइरहेको समितिले जनाइएको छ ।

पर्यावरणीय दृष्टिले पनि महत्वपूर्ण रहेको स्थानलाई पर्यटकीय क्षेत्रको रूपमा स्थापित गर्न सके आर्थिक समृद्धिमा टेवा पुग्ने स्थानीयको बुझाइ छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img