देशतेलकाे मूल्यवृद्धि गराइएकाे भन्दै विद्यार्थीहरुले गरे प्रदर्शन, जलाइयो देउवाको पुत्ला (तस्बीर)

तेलकाे मूल्यवृद्धि गराइएकाे भन्दै विद्यार्थीहरुले गरे प्रदर्शन, जलाइयो देउवाको पुत्ला (तस्बीर)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ । विद्यार्थीहरुले अस्कल क्याम्पस परिसरमा प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्लासमेत जलाएका छन् ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई रोक्न प्रहरीले लाठीचार्जसमेत गरेको छ । त्यसपछि विद्यार्थीहरुले पनि प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिती तनावग्रस्त बनेको थियो । विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

सरकारले हिजोबाट पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३\३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । यो सँगै एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ, डिजल र मट्टीतेल प्रतिलिटर १२२ रुपैयाँ निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img